विराटनगर : प्रदेशको नामाङ्कन र राजधानीको निर्णय नगरी प्रदेश नम्बर १ को हिउँदे अधिवेशन सकिएको छ।
प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सुनाउँदै प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले बुधबार राति १२ बजेदेखि अधिवेशन सकिएको घोषणा गरे।
प्रदेश सभाको पहिलो बैठक माघ २२ गते गरिएको थियो। वैशाख २६ सम्मका ९३ दिनमा २२ दिन ३९ पटक बैठक राखिए। कुल ३९ बैठकमा २८ घण्टा १८ मिनट संसदीय कारबाही गरिएको सभामुख भण्डारीले बताए। अधिवेशनले ११ विधेयक पारित गरेको छ।
सभामुखको निर्वाचन माघ २९ र उपसभामुख सरस्वती पोखरेलको फागुन ३ मा निर्विरोध सम्पन्न भएको थियो।