PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

आइपीएल: मुम्बईद्वारा कोलकता १०२ रनले पराजित



पहिलोपोस्ट

आइपीएल: मुम्बईद्वारा कोलकता १०२ रनले पराजित

आइपीएलमा बुधबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई १०२ रनले पराजित गरेको छ।

इशन किसनको आक्रमक अर्धशतक तथा पाण्ड्या दाजुभाईको उत्कृष्ट बलिङमा मद्दतमा मुम्बईले फराकिलो जित हासिल गरेको हो। जितपछि ११ खेलबाट १० अंक जोडेको साविक विजेता मुम्बई अंक तालिकामा कोलकतालाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ। समान खेलबाट १० अंक नै रहेको कोलकता रनरेटमा पछि परेको हो।

यस सिजन खराब सुरुवात गरेको मुम्बईले लयमा फर्कने क्रममा कोलकतालाई दुबै खेलमा पराजित गरेको हो। यसअघि वानखडे स्टेडियममा मुम्बईले १३ रनको जित हात पारेको थियो।

सिजनको छैटौँ हारपछि कोलकतालाई शीर्ष चारमा रहदै प्लेअफमा पुग्न दबाब थपिएको छ।

एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो। उसका लागि इशन किसनले २१ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए। यस्तै रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६ रन जोडे भने बेन कटिङले ९ बलमा १ चौका र ३ छक्काको मद्दतमा २४ रन बनाए। कोलकताका पियुष चावलाले ३ विकेट लिए।

घरेलु मैदानमा २११ रनको उच्च लक्ष्य पछ्याएको कोलकता पूरा ओभर समेत टिक्न सकेन र १८.१ ओभरमा १०८ रनमा अलआउट भयो। कोलकताका लागि क्रिस लिन र नितिश रानाले २१-२१ रन बनाए।

कोलकतालाई अलआउट गर्न मुम्बईका हार्दिक र क्रुनल पाण्ड्याले समान २ विकेट लिए। क्रुनलले ३.१ ओभरमा १२ तथा हार्दिकले ३ ओरमा १६ रन खर्चे। यस्तै मिचेल म्याकलेनघान, जसप्रित बुमराह, मायांक मार्कन्डे र बेन कटिङले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell