
काठमाडौं : आस्था आर्ट्स एकेडेमीको आयोजनामा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। पेशा अभिकर्ता संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा समितिको सह-आयोजनामा राष्ट्रियनाच घर जमलमा कार्यक्रम सम्पन्न भएको हो।
गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पहिलो नेपाली अभिनेत्री भुवन चन्द उपस्थित थिइन् l कार्यक्रममा अन्य सामाजिक व्यक्तित्वहरु पनि उपस्थित थिए।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा बिमाविज्ञ चन्द्र खड्कालाई विशेष राष्ट्रिय सम्मान प्रदान गरेको थियोl