काठमाडौं : फिल्म प्रचारका लागि ‘लम्फू’ टिम त्रिभुवन विश्वविद्यालय पुगेको छ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले आयोजना गरेको 'कला, साहित्य एवंम् साँस्कृतिक' कार्यक्रममा फिल्मका मुख्य कलाकार कबीर खड्का, सञ्जित भण्डारी र आयान खड्का पुगेका हुन्।
त्याँहा उनिहरुले यहि शुक्रवारदेखि प्रदर्शनमा आउँने ‘लम्फू’ को प्रचार गरेका थिए। पाँच सय बढी विद्यार्थीहरुको उपस्थिति रहेको त्रिविमा नेपाली फिल्मको प्रचार गर्न पाएकोमा कलाकार सञ्जितले खुशी व्यक्त गरे।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा कबीर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ, अजित लामिछाने लगायतको अभिनय रहेको छ।
यस फिल्ममा पछिल्लो समय तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ। शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको फिल्ममा भूपतिको लेखन रहेको छ।