PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मोबाइल फिल्म प्रतियोगिता 'दृश्यांश'को विजेता घोषण हुँदै



पहिलोपोस्ट

मोबाइल फिल्म प्रतियोगिता 'दृश्यांश'को विजेता घोषण हुँदै

काठमाडौं : सर्वनाम थियटरले ३ मिनेट लघु चलचित्र प्रतियोगिता 'दृश्यांश'को विजेता घोषण गर्ने भएको छ। वैशाख २८ मा सर्वनामले ३ फिल्मलाई विजेता घोषण गर्दै उत्कृष्ट १० फिल्म प्रदर्शन तथा सम्मान पनि गर्ने भएको हो।

प्रतियोगितामा करिव पाँचसय फिल्म सहभागी रहेको  आयोजक टिमका राज शाहले जनाए। प्रतियोगीतामा पहिलो पुरस्कार नगद रु ७५,००० दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव दिनेछ। तीमध्य धेरैपटक हेरिएको फिल्मलाई अडियन्स च्वाइस अवार्ड स्वरुप आइप्याड ९.७ इन्च प्रदान गरिनेछ।

अभिनेता निश्चल बस्नेत, अभिनाश विक्रम शाह, दिपक रौनीयार र सुशिल पौडेल प्रतियोगिताका निर्णायकहरु हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell