PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

नेहा धूपियाले कसिन् लगन गाँठो



पहिलोपोस्ट

नेहा धूपियाले कसिन् लगन गाँठो

२०१८ बलिउडको लागि विवाह वर्षजस्तै भएको छ। अनुश्का शर्माको क्रिकेटर बिराट कोहलीसँग विवाह भयो। केही महिनाको अन्तरालमै सोनाम कपूर र आनन्दले विवाह गरे। लगत्तै विहीबार बलिउड अभिनेत्री नेहा धूपियाको विवाहको खबर सार्वजनिक भएको छ। उनले प्रेमी अंगदसँग लगन गाँठो कसेकी हुन्।

मिडिया र सामाजिक सञ्जालमा नेहाको विवाह चर्चाको विषय नबनेपनि बलिउड फ्यानले उनलार्इ चिन्छन्। फिल्ममा गरेको उनको अभिनय नोटिस योग्य हुने गर्छ। जसका कारण इन्स्टाग्राममा नेहाले सार्वजनिक गरेको फोटोमा शुभकामना आउने क्रम जारी छ।

विवाह बारे जानकारी दिंदै उनले लेखेकी छिन्- 'मेरो राम्रो निर्णय, आज मैले मेरो मिल्ने साथिसँग बिहे गरेकी छु, हेल्लो हजवेन्ड अंगद बेदी।' नेहाको विवाह कार्यक्रम दिल्लीमा सम्पन्न भएको भारतीय मिडियाले जनाएको छ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell