काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको लिवाङमा हुने भएको छ।
प्रतियोगिता बैशाख २९ देखि जेठ २ गतेसम्म हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए।
प्रतियोगिताको पुरुष-महिला दुवैमा सात प्रदेशबाट १–१ टिम र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमको सहभागिता रहने छ। सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
पुरुष-महिला दुवैमा पुरस्कार राशी समान राखिएको छ। विजेताले ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने छन्। प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५५ लाख खर्च हुनेछ।