PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

प्रधानमन्त्री कप क्रिकेट अर्को महिना



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट अर्को महिना

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा प्रधानमन्त्री कप अन्तर प्रदेश एक दिवसीय क्रिकेट प्रतियोगिता जेठ १३ गतेदेखि हुने भएको छ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी,नेपाल प्रहरी,एपीएफ) गरी १० पुरुष टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। लिगकम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।

विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन्। ‘म्यान अफ सिरिज’ लाई १ लाख, उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५०–५० हजार, उदीयमान खेलाडीलाई १५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ। फाइनल जेठ २८ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell