ललितपुर: रातो मछिन्द्रनाथ र मिननाथको रथ आज लगनखेलबाट जाउलाखेल ल्याइपुर्याएको छ। वर्षा र सहकालका देवताका रुपमा मानिने मछिन्द्रनाथको रथ जात्रा भोटो देखाएसँगै सकिन्छ। भोटो आइतबार देखाइँदै छ। उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएको छ।