PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

मोदीको अभिनन्दनका लागि विहारबाट हजारौँ भारतीय जनकपुरमा



राधेश्याम पटेल

मोदीको अभिनन्दनका लागि विहारबाट हजारौँ भारतीय जनकपुरमा

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि जनकपुरमा बिहानै देखि ठाउँ ठाउँबाट सर्वसाधरणहरु जम्मा हुन थालेका छन्। 
आज बिहान ५ बजे देखि हजारौँको संख्यामा विभिन्न ठाउँबाट सर्वसाधरणहरुलाई जनकपुरमा ओसारिँदै छ।

प्रदेश नं २ का ८ जिल्लासहित विभिन्न जिल्लाबाट सर्वसाधारण जनकपुर पुग्दै छन्। त्यस्तै भारतको विहारबाटसमेत हजारौँको संख्यामा भारतीयहरुलाई जनकपुर ल्याइएको छ।  सर्वसाधारणहरू गाउँगाउँबाट साइकल तथा पैदलै पनि जनकपुर आइरहेका छन्। 

जनकपुरको ३ किलोमिटर वरपर ठुला सवारी साधन तथा बाहिरबाट आउने बसहरूलाई रोकिएको छ। चोकचोकमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। मोदीको स्वागत तथा अभिनन्दन गर्न जनकपुर पुगेका सर्वसाधारणलाई जानकी मन्दिरको प्रवेश गर्न दिइएको छैन। उनीहरू बाहिरबाटै दर्शन गरेर रंगभूमिमा भेला भइरहेका छन्।

जनकपुरको अकाशमा सेनाका हेलिकोप्टरहरुले  गस्ती गरिरहेका छन्। मोदीको स्वागतका लागि सुरक्षा व्यवस्थामा कडा पारिएको छ। नेपाली सेनाको दुईवटा हेलिकप्टरले हवाई गस्ती गरिरहेका छन्। 



होटेल खचाखच

यता जनकपुरमा भारतीय प्रधानमन्त्री आउने भएपछि यहाँका सबै होटलहरु खचाखच छन्। 

मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन् अघिल्लो दिन नै जनकपुर आएकाहरु होटेल नपाएर हैरान समेत परेका छन्। 

वीरगंजका प्रकाश कुमार कुशवाहा मोदीको कार्यक्रममा सहभागी हुन् बिहीबार साँझ जनकपुर पुगे तर उनले त्यहाँ बास बस्ने होटेल नपाएपछि रात गुजार्न पुनः ३० किलोमिटर उत्तर बर्दिवास फर्के। 

यस्तै हजारौँ जनता जनकपुरमा बासस्थानको उचित सेवा सुविधा नहुँदा समस्यामा परेको बताएका छन्। बारा कलैयाका सुनिल जैसवालले भने, ‘धैरै इच्छा थियो, मोदी अगामनको पूर्व सन्ध्यामा जनकपुर पुगेर जनकपुरको रौनक र माहौल हेर्ने तर विजोग भयो, सोचे जस्तो भएन, जनकपुरको कोठा नै पाइएन्।’ 

जनकपुरका होटेलमा ३२ वटा कोठाको भारतीय डेलिगेट्स एवं पत्रकारको लागि बुक गरिएको थियो। त्यस्तै राजनीतिक दलको नेता कार्यकर्ता एवंम पत्रकारले खचाखच भरिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell