PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

मोदी जनकपुरमा: उत्सव मनाउँदै प्रदेश सरकार, ३५ सय सुरक्षाकर्मी तैनाथ



राधेश्याम पटेल

मोदी जनकपुरमा: उत्सव मनाउँदै प्रदेश सरकार, ३५ सय सुरक्षाकर्मी तैनाथ

जनकपुरधामः छोटो समयमा नेपालको तेस्रो पटक भ्रमण गर्नेको दर्जा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाउदै छन्।
 
उनी आउँदा जनकपुरमा आज हेर्दा सडकको खाल्डाखुल्डी पुरिएका छन्। चोकचोकमा ब्यानर, तुल तथा पोस्टर टाँसिएको छ।

विमानस्थल,जानकी मन्दिर र रंगभूमि क्षेत्रलाई विशेष र आर्कषक किसिमले तयार पारिएको छ। जनकपुरका पर्खालहरुमा मिथिला सभ्यता झल्किने चित्रकला तथा कलात्मक रंगरोगन गरिएको छ।

३५ सय सुरक्षाकर्मी तैनाथ

जनकपुरको सुरक्षा व्यवस्था चुस्त पारिएको छ। नेपाली सेना, जनपथ, सशस्त्र र राष्ट्रिय अनुसन्धान गरी करिब ३ हजार ५ सय सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। मोदीको आगमनसँगै सबै भन्दै नजिक भारतीय सुरक्षाकर्मी, दोस्रोमा सशस्त्र, तेस्रोमा नेपाल प्रहरी, चौथोमा नेपाली सेना र पाँचौमा सिभिलमा राष्ट्रिय अनुसन्धानहरु रहने ५ वटा सुरक्षा घेरा रहने व्यवस्था मिलाइएको छ।

साथै,सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै चोकचोकमा सवारी साधन जाँच, उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिुएको हो।

मधेसीको लागि ठुलो जित–सांसद प्रदीप यादव

भारतीय प्रधानमन्त्री मोदीको प्रदेश नं २ बाट यता प्रारम्भ गरी नेपालको अन्य ठाउँमा जाने कार्यक्रमले सम्पूर्ण मधेसी जनता औधी खुशी भएको पर्सा १ का सांसद प्रदीप यादवले बताए। मोदी स्वागत र अभिनन्दको लागि एक दिन अगावै जनकपुर पुगेका संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका सासद यादवले मोदी भ्रमणले प्रदेश नं २ मा चारै तिर खुशीयाली छाएको बताउँछन्।

यो पहिलो मौका हो कि कुनै विदेशी प्रधानमन्त्रीे काठमाडौ ल्याण्ड नगरी सिधा प्रदेश नं २ को राजनधानी जनकपुर आउँदै छन्। यसलाई सम्पूर्ण जनताले पर्वको रुपमा लिएका छन्। ट्रयाक्टरबाट,बसबाट,जिप,भ्यानबाट हजारौ जनता जिल्ला–जिल्लाबाट हिडिसकेका छन्।

जनता मोदीको स्वागत र अभिनन्दनको लागि ललागयित छन्। कहीँ नेपाल भन्दा भारतको प्राथमिकतमा प्रदेश न २ त परेको हाइन भन्ने प्रश्नमा विल्कुल होइन,उनले भने,‘भारत र दिल्लीबाट जनकपुर रुटको कारण नजिक परेकोले उनको छनौटमा प्रदेश नं २ र जनकपुर आएको हो।’

पर्वको रुपमा मनाउन  सार्वजनिक विदा –मुख्यमन्त्री

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रातले मोदीको जनकपुर भ्रमणलाई अविस्मरणीय र भव्य बनाउन प्रदेश नं २ मा शुक्रवार सार्वजनिक विदा घोषणा गरिएको छ।यसले पनि मोदी प्रतिको प्रदेश सरकारको ठुुलो सम्मा झल्केको उनको भनाई छ। उनले उनको सम्मान र स्वागतमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell