PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

असी लाख रुपैयाँमा सात किलो सुन!



पहिलोपोस्ट

असी लाख रुपैयाँमा सात किलो सुन!

काठमाडौं: प्रहरीले नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापका २५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।

एसपी उप्रेतीले भने, ’उनीहरुले नक्कली सुन बेचेर रकम असुलेको पाइयो। कतिलाई ठगे भन्ने अनुसन्धान गरिरहेका छौं।‘

प्रहरीले ललितपुर महानगरपालिका वडा नम्वर २८ हरिसिद्धीस्थित बिकेएम  खाजाघरबाट सुनजस्तो देखिने धातु सात थान सुनको बिस्कुटसमेत बरामद गरेको छ।

बजारमा सक्कली सात किलो सुनको मल्य ३ करोडभन्दा बढी पर्न आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell