PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

 'छक्का पञ्जा ३' को छायाँकन प्रारम्भ, राम्रो रिजल्ट दिनुपर्छ : दीपा

'छक्का पञ्जा ३' को छायाँकन प्रारम्भ, राम्रो रिजल्ट दिनुपर्छ : दीपा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  छक्का पञ्जाको प्रिक्वेल 'छक्का पञ्जा ३' को छायाँकन प्रारम्भ भएको छ। शुक्रवार भत्तपुरको सुर्यविनायकमा अवस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म टिमले छायाँकन प्रारम्भ गरेको हो।

दीपा श्री निरौला कै निर्देशनमा बन्ने यस फिल्ममा 'ऐश्वर्य'बाट डेव्यू गरेकी अभिनेत्री दीपिका प्रसाईं र 'मङ्गलम' अभिनेता पुष्प खड्का देखिने भएका छन्। उनिहरुसँगै यसअघि सिक्वेलसम्म देखिएका कलाकार दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ,  नीर शाह, किरण केसी, अनुराग कुँवर, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहनेछ।

फिल्मको शुभ-मुहुर्त कार्यक्रममा प्रियंका अनुपस्थित थिर्इन्। आमा सरस्वती मुभिज प्रालि तथा आइ एम र्इ को प्रस्तुति 'छक्का पञ्जा ३' मा दीपकराजको कथा, जीतु, केदार र यमनको संवाद रहनेछ।  जीतु र केदार फिल्मका कार्यकारी निर्माताहरु पनि हुन्। फिल्मका निर्माताहरुमा सुमन गिरी, किरण, शिवहरी पौडेल , पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगार्इं, दीपेन्द्र खनिया र केशव न्यौपाने छन्।

अभिनेत्री दीपिकाले फिल्ममा अनुबन्धित हुन पाउँदा खुशी व्यक्त गर्दै भनिन् 'आफ्नो बेष्ट दिनेछु'। कार्यक्रममा बोल्दै जीतुले भने 'नेपाली फिल्म क्षेत्रमा छक्का पञ्जा ३, कोसेढुङ्गा सावित गर्न सकौं'।  

दीपकले भने छक्का पञ्जा ३ सम्म आर्इपुग्दा निकै कलाकारहरुले आफुलार्इ साथ दिएको बताए। उनले भने 'अहिले गाडीमा पार्टीहरुमा नेपाली गीतमा नाचेको पार्इन्छ, हाम्रो देशमा हाम्रो भाषाको फिल्महरु अग्रणी स्थानमा आउनुपर्छ, सिमा मिच्यो भने कम्प्लेन गर्ने ठाउँ छ। तर हाम्रो सँस्कृति, भाषा मिच्यो भने कम्प्लेन गर्ने ठाउँ कहिँ छैन। नेपाली फिल्मले त्यो गरिरहेको छ।'

 निर्देशक दीपाले भनिन् ' स्क्रिप्ट बिना, कलाकार, क्यामेरा क्रु, दर्शक बिना म केहि होईन।' हामीलार्इ चुनौति छ, हामीले राम्रो रिजल्ट दिनुपर्छ' उनले थपिन्। छायाँकन कार्यक्रममा हरिवंश आचार्य, चलचित्र पत्रकार सँघका अध्यक्ष सन्दिप सापकोटा, नेपाल चलचित्र सँघका अध्यक्ष प्रदिप उदय कार्की, वितरक गोपाल काजी कायष्ठ  उपस्थित थिए।  

 

 

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell