PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

'तिमी मुस्कुराउँदा' हैरान



पहिलोपोस्ट

'तिमी मुस्कुराउँदा' हैरान

काठमाडौं : फिल्म 'हैरान'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। स्वरूप राज आचार्य र दुर्गा परियारको स्वर, शान्तिप्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा फिल्मको 'तिमी मुस्कुराउँदा' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतमा कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, मोहमद वशिम राजा र आरोही शर्मा फिचर्ड छन्। गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन्। विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा बनेको फिल्म कमेडी र एक्सन विधामा आधारित छ। डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै विश्वका कान्छा निर्देशक घोषित भएका सौगातले फिल्ममा सामाजिक विषयवस्तु समेटेका छन्।

फिल्ममा सत्यराज आचार्य, गजित विष्ट , मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन्। फिल्ममा गम्भीर बिस्टको कथा/कोरियोग्राफीमा र चन्द्र पन्तको द्वन्द रहको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell