PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

नाजिर हुसेनको निर्देशनमा 'द अग्ली डकलिङ'



पहिलोपोस्ट

नाजिर हुसेनको निर्देशनमा 'द अग्ली डकलिङ'

काठमाडौं: रङ्गमञ्च हुँदै फिल्मका अभिनेता बनेका नाजिर हुसेनले फिल्मबाट केही समय विश्राम दिंदै छन्। उनले नाटकलाई समय छुट्याएका हुन्। नाजिरको परिकल्पना एवं निर्देशनमा 'द अग्ली डकलिङ' तयार भएको छ। 

'कुरुप हाँस' भनिएको नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँसले गर्ने अपहेलना र विभेद देखाइन्छ। नाजिरले नाटकको परिकल्पना बारे भने,'कथामा जनावरलाई देखाइए पनि हाम्रो समाजको मान्छेमै रुप र रङ्लाई लिएर हुने विभेदले मलाई छोयो र यो नाटक गर्न मन लाग्यो।'

नाटकको वैशाख २८ गतेबाट मञ्चन शुरु हुँदैछ। डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको ‘अग्ली डकलिङ’ कथामा आधारित नाटक मण्डला थिएटरमा देखाइने छ।

सांगीतिक नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ।

नाटक जेठ २० गतेसम्म मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell