PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

भारतीय प्रधानमन्त्री मोदीलाई सैनिकमञ्चमा गार्ड अफ अनर, आजै राजनीतिक भेटवार्ता सक्ने



पहिलोपोस्ट

भारतीय प्रधानमन्त्री मोदीलाई सैनिकमञ्चमा गार्ड अफ अनर, आजै राजनीतिक भेटवार्ता सक्ने

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ (सम्मान गारथ) प्रदान गरिएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा मोदीलाई नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो। 

यसअघि आज बिहान दिल्लीबाट जनकपुर ओर्लिएका भारतीय प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरी त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संयुक्त रूपमा रामायण सर्किट तथा जनकपुर अयोध्या बस सेवाको उद्घाटन गरेका थिए। 

उनले जनकपुरको बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी भएका थिए। 

लगत्तै जनकपुरबाट काठमाडौँ आएका थिए। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए। 

यसअघि नेपाल आउने विशिष्ठ पाउनलाई त्रिभुवन विमानस्थलमा नै गार्ड अफ अनर प्रदान गर्ने प्रचन रहेको भए पनि अोली प्रधानमन्त्री भएसँगै सैनिक मञ्चमा गार्ड अफ अनर दिने निर्णय भएको थियो। 

मोदी सैनिक मञ्चमा गार्ड अफ अनर लिने दोस्रो विदेशी पाउना हुन्। यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीलाई सैनिक मञ्चमा पहिलो पटक गार्ड अफ अनर प्रदान गरिएको थियो। 

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले अाजै राजनीतिक भेटघाट सम्पन्न गर्ने छन्। भारतीय प्रधानमन्त्री मोदी राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

त्यस्तै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबी आजै द्वीपक्षीय भेटवार्ता हुने छ। अाजै अरुण तेस्रोको काठमाडौँबाट शिलान्यास गर्ने कार्यक्रम रहेको छ। 

त्यस्तै भारतीय प्रधानमन्त्री मोदी र पूर्वप्रधानमन्त्रीहरुबीच समेत आजै भेटवार्ता हुने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell