जोस बट्लरको नटआउट ९५ रनको योगदानले राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हात पारेको छ। राजस्थानले एक बलअघि १७७ रनको लक्ष्य पूरा गर्यो। जितसँगै उसले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। ११ खेलबाट राजस्थानले १० अंक बनाएको छ।
दोस्रो स्थानमा रहेको चेन्नाईको ११ खेलबाट १४ अंक छ। एक खेल कम खेलेको पञ्जाव चेन्नाईपछि तेस्रो स्थानमा छ। हारसँगै प्लेअफका लागि चेन्नाईले अर्को खेल कुनुपर्ने भएको छ।
जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो। चेन्नाईका लागि सुरेश रैनाले ५२ रनको योगदान दिए। यस्तै ओपनर सेन वाट्सनले ३९ र कप्तान महेन्द्रसिंह धोनीले नटआउट ३३ रन जोडे।
१७७ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि बटलरले ६० बलमा २ छक्का र ११ चौकाको सहयोगमा ९५ रन बनाए। यस्तै, स्टुवार्ट विनीले २२ र सन्जु सामसनले २१ रनको योगदान दिए।
बलिङतर्फ राजस्थानका जोफ्रा आर्करले दुई विकेट लिए।