PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मोदीले लिए सन्दीप लामिछानेको नाम, खेलबाट दुई देश जोडिएकोमा खुशी



पहिलोपोस्ट

मोदीले लिए सन्दीप लामिछानेको नाम, खेलबाट दुई देश जोडिएकोमा खुशी

काठमाडौं :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन प्रिमियर लिग २०१८मा नेपाली क्रिकेट खेलाडी सहभागी भएकोमा खुशी व्यक्त गरेका छन्। 

शनिवार काठमाडौँ महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दे मोदीले नेपालको कनेक्सन भारतीय खेलमा समेत भएकाले खुशी प्रकट गरेका हुन्। 

नागरिक अभिनन्दनमा भारतीय प्रधानमन्त्री मोदीले भने, ’नेपालमा अहिले कति चर्चा छ थाहा छैन तर भारतमा अहिले आइपीएल म्याच भइरहेको छ। नेपाल पनि अहिले आइपीएलमा जोडिएको छ। पहिलो पटक नेपालका नौजवान खेलाडी जोडिएका छन्। सन्दीप लामिछाने आइपिएलमा भाग लिएका छन्। आगामी दिन भारत र नेपाल बीच यस्तै सम्बन्ध जोडिरहोस्।‘ 

आइपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आबद्ध छन्। दिल्लीले उनलाई २० लाख भारुमा लिएको हो। सन्दीप टिममा छानिए पनि अहिलेसम्म दिल्ली डेयरडेभिल्सले मैदानमा उतारेको छैन। 

दिल्ली डेयरडेभिल्सले अहिलेसम्म खेलको ११ वटा खेलमा ३ मा जित र ८ वटा हार व्योहोर्दै अंकतालिकाको अन्तिम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell