PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मोदीले काठमाडौंमा नाम लिएपछि सन्दीपले दिल्लीबाट खेल्न पाए



पहिलोपोस्ट

मोदीले काठमाडौंमा नाम लिएपछि सन्दीपले दिल्लीबाट खेल्न पाए

काठमाडौं : युवा लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

११औँ सिजनको आइपीएल अन्तर्गत शनिवार सन्दीप दिल्ली डेयरडेभिल्सको पहिलो रोजाईँमा परेसँगै सन्दीपले उक्त उपलब्धी हासिल गरे।

आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै चर्चामा आएका सन्दीपले डेब्यु गर्न भने ११ खेल बेन्चमा बसेर कुर्नुपर्‍यो। सन्दीपले विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध आइपीएलमा डेब्यु गरे। 

सन्दीपले आइपीएल खेल्नुसँग अर्को संयोग पनि जोडिएको छ। यसअघि नै सोचेजस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकाएर शनिवारै फर्कनु र सन्दीपले खेल्न पाउनुमा पनि संयोग जोडिएको हो।

जारी सिजन ११ खेलबाट ६ अंक मात्र जोडेको दिल्ली अंक तालिकामा पूछारमा छ।

घरेलु मैदान फिरोज शाह कोत्लामा दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दैछ। सन्दीपको पालो ब्याटिङमा आएपनि/ नआएपनि उनले बलिङ भने पक्कै गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell