PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मुक्तिनाथ र सभागृहमा नेपाली पत्रकारलाई प्रवेश नदिनु दुर्भाग्य : शेखर कोइराला



पहिलोपोस्ट

मुक्तिनाथ र सभागृहमा नेपाली पत्रकारलाई प्रवेश नदिनु दुर्भाग्य : शेखर कोइराला

सुनसरी: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले भारतीय सांसद किर्ती आजादले जनकपूरलाई भारतले फिर्ता ल्याउनूपर्छ भन्ने अभिव्यक्ति दिएर नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै यस बिषयमा नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत तत्कालै धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। 

नेपाल निजामती युनियन (संघ) ले सुनसरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले उक्त भनाइ राखेका हुन्। त्यसैगरी नेता कोइरालाले नेपालको सुरक्षा चुनौति बढेकोमासमेत सचेत हुन सरकारसँग मा गरे। भने, "तत्कालिन सुशिल कोईरालाको प्रधानमन्त्रीत्वकालमा नरेन्द्र मोदीजीले दुईपटक नेपालको भ्रमण गर्नूभयो। त्यतिबेला भन्दा अहिले नेपालको सुरक्षा चूनौती बढेको होकी भन्ने देखिन्छ।यसमा सरकार गम्भीर हूनूपर्छ।"

कोइरालाले आफ्नै देशमा भएको मोदीको भ्रमण कार्यक्रममा नेपाली सञ्चारकर्मीमाथि भएको विभेदकोसमेत विरोध गरे। मुस्ताङको मूक्तिनाथ र काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली पत्रकारलाई प्रवेश निषेध गरिनु दूर्भाग्य भएको कोइरालाको धारणा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell