PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

भरतपुरमा भाटभटेनी सुपरमार्केट नजिकै विस्फोट



पहिलोपोस्ट

भरतपुरमा भाटभटेनी सुपरमार्केट नजिकै विस्फोट
प्रतीकात्मक तस्विर

रत्ननगरः चितवनको भरतपुर ओरालो नजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ। अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताए। मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनले बताए।

विप्लव नेतृत्वको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell