PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रतिनिधिसभा बैठक बस्दैः ‘प्रि–बजेट’ छलफल जारी रहने



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक बस्दैः ‘प्रि–बजेट’ छलफल जारी रहने

काठमाडौँः संघीय संसदको दुबै सदनको बैठक आज पनि बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैतर्फ आज पनि आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।

बिहीबारदेखि सुरु भएको छलफल दुई दिन स्थगित भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि दुई दिन बैठक स्थगित भएको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैतर्फको बैठक बिहान ११ बजे बस्नेछ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबारसम्म छलफल सक्ने लक्ष्य लिइएको थियो। दुई दिन छलफल प्रभावित भएपछि सोमबारसम्म सैद्धान्तिक छलफल सक्ने लक्ष्य संसद् सचिवालयको छ।

बजेटका प्राथमिकता र सिद्धान्त पारित भएपछि सरकारका तर्फबाट संसद्मा नीति तथा कार्यक्रम पेस हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell