PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विप्लव नेतृत्वको नेकपाको बन्द, जनजीवन प्रभावित 



पहिलोपोस्ट

विप्लव नेतृत्वको नेकपाको बन्द, जनजीवन प्रभावित 

रुपन्देहीः  विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

अरुण तेस्रो भारतलाई निर्माण गर्न दिने यसअघिको निर्णयलाई संयुक्त शिलान्यास गरिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भारतीय सेना अस्वभाविक प्रवेश गरेको भन्दै नेकपाले आज बन्दको आह्वान गरेको नेकपा रुपन्देहीका इञ्चार्ज शरद ओलीले जानकारी दिए।

बन्दका कारण कक्षा ११ को परीक्षा दिइरहेका परीक्षार्थी मर्कामा परेका छन्। तर, ओलीले परीक्षा कार्यक्रममा कुनै पनि अवरोध नगरिएको बताए। 
बन्दका क्रममा विद्यार्थी, एम्बुलेन्स, दूध, तरकारी बोक्ने साधन, शवबहान, कूटनीतिक नियोग लगायतका सवारी सञ्चालनमा अवरोध नरहेको पनि ओलीले बताए। 

बन्द बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहेको जनाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell