
काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई जानकारी दिने भएका छन्। प्रतिनिधिसभाको बिहान ११ बजे बस्ने बैठकमा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।
सम्बोधनको समय व्यवस्थापनका लागि प्रधानमन्त्रीको सचिवालयले सभामुख कृष्णबहादुर महरालाई आग्रह गरिसकेको छ। संघीय संसद् सचिवालयले पनि प्रधानमन्त्रीको सम्बोधनका जानकारी आएको बताएको छ।
यसअघि मोदी भ्रमणका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदनलाई जानकारी गराएका थिए।
मोदी शुक्रबार र शनिबार नेपालको भ्रमण गरी स्वदेश फर्किएका छन्। दुई दिने भ्रमणका क्रममा उनको काठमाडौँ र जनकपुरमा अभिनन्दन गरिएको थियो। यस्तै, अरुण तेस्रो आयोजनाको शिलान्यास भएको थियो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतसँग मोदीले राजनीतिक भेटवार्ता गरेका थिए।
पशुपतिनाथ, जनकपुर र मुक्तिनाथमा उनले विशेष पूजा गरेका थिए।