PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

संसदमा प्रधानमन्त्री ओलीले भने : जनकपुरमा कुटनीतिक मर्यादा विपरीत काम भयो



पहिलोपोस्ट

संसदमा प्रधानमन्त्री ओलीले भने : जनकपुरमा कुटनीतिक मर्यादा विपरीत काम भयो

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई जानकारी गराएका छन्।

संसदलाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा कुटनीतिक मर्यादा विपरीत कार्य भएको बताएका छन्।

ओलीले भने,‘त्यहाँ व्यक्त भएका कुरा कुटनीतिक मर्यादा विपरीत भएको हो। त्यहाँ कमजोर प्रस्तुति भयो। त्यो अनुभवको कमीले होला।’

संसदमा ओलीले त्यहाँ भएको गतिविधि हाम्रो परराष्ट्र नीति अनुसार नभएको दाबी गरे।

जनकपुरधामको बारह विगहामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति असन्तुष्टि व्यक्त गरेका थिए। सरकारको नीतिगत विभेदका कारण मधेश पछाडि पारिएको बताएका थिए।

सोही कार्यक्रममा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले स्वतन्त्र मधेशको नाराबाजी गर्दै प्लेकार्डसमेत देखाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell