PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

भ्रष्टाचार भर्सेस प्रेमको कथा '१०० कडा १०'



पहिलोपोस्ट

भ्रष्टाचार भर्सेस प्रेमको कथा '१०० कडा १०'

काठमाडौं : फिल्म '१०० कडा १०'को छायाँकन अहिले पोखरामा भैईरहेको छ। फिल्मको ८० प्रतिशत छायाँकन सकिसकेको निर्माण टिमले जनाएको छ।

रामशरण पाठकको निर्देशनमा छायाँकन भईरहेको फिल्ममा अभिनेता अमृत ढुङ्गाना र करुणा श्रेष्ठको मुख्य अभिनय रहनेछ।

निर्देशन पाठककै लेखनमा बन्ने फिल्ममा अमृत र करुणासँगै राजाराम पौडेल, रबि डङ्गोल, रश्मि भट्ट, अमित पोखरेल, उत्सव न्यौपाने, मनोज गजुरेल, बर्मेली अभिनेत्री सोनिया राईको अभिनय रहनेछ। दर्शक नेपाल क्रियसनको व्यानरमा बन्ने फिल्म भ्रष्टाचार भर्सेस प्रेमको कथामा आधारित छ।

फिल्मको छायाँकन पोखरापछि बन्दिपुर र काठमाडौंमा हुने फिल्मका प्रचार संयोजक तथा एसिस्टेन्स डाईरेक्टर सुदिप पौडेलले जनाए।छायाँकनरत टिमले हालै फिल्मको कलाकार मनोज गजुरेलको जन्मदिन पनि मनाएका छन्। रज्जु प्रधान र उत्तम खत्री फिल्मका निर्माताहरु हुन्। टिमले मंसिरमा फिल्म प्रदर्शन टार्गेट गरेको छ। निर्देशक पाठकले यसअघि हिट फिल्म 'प्रेमगीत २' निर्देशन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell