PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अब छिट्टै चीन भ्रमण : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

अब छिट्टै चीन भ्रमण : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन्। आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताए।

संसदमा ओलीले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराउँदै अरु मुलुकसँग पनि सम्बन्ध बढाउने धारणा राखे।

ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुन भारत भ्रमणको निम्तो दिइसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell