PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

प्रशन्न घिमिरेको 'मिझोर' उत्सव सम्पन्न



पहिलोपोस्ट

प्रशन्न घिमिरेको 'मिझोर' उत्सव सम्पन्न

काठमाडौं: कवि प्रशन्न घिमिरेले मिझोर उत्सव आयोजना गरे। उनले आफ्नो दोस्रो कविता संग्रहको आधिकारिक घोषणाका लागि कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा उनले संग्रह 'मिझोर' बजारमा उपलब्ध भएको बारे जानकारी दिए। उनीसँगै सञ्चारकर्मी शेखर खरेलले किताब लोकार्पण गरेका हुन्।

मिझोर उत्सव दिइएको कार्यक्रममा पुस्तक सार्वजनिकरणसँगै कविता वाचन एवं कविताहरुमाथि परिचर्चा भयो। कविले नयाँ संग्रहमा रहेका कविताहरु वाचन गरेका हुन्। कार्यक्रममा उनले भने,'म मौनता मन पराउने मान्छे। मेरा कविताहरु मौनताको उपज हो। धेरै कुरा कविताले बोलेका छन्।' उनले आफू र आफ्ना कविताहरुमा जीवनकमा भेटिएका, देखिएका मानिस, ठाउँ र घटनाहरुको प्रभाव रहेको बताए।

कार्यक्रममा वक्ता रहेका शेखर खरेलले प्रशन्नका कविताहरुमा विविधता महसुस गरेको बताए। भने,'उहाँको व्यक्तित्व र मौन व्यवहार हेर्दा कहिले पनि यसरी कविता लेख्नु होला भन्ने सोचेको थिइन। तर केही कविता पढ्दा त सोच्न बाध्य बनाउनु भयो।'

मिझोरलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो। १०० भन्दा बढी कविता रहेको संग्रहको मूल्य ३७५ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell