PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

टायर बाल्नु, कालो झण्डा देखाउनु राजनीतिक विकल्प हैन : विश्वप्रकाश शर्मा



पहिलोपोस्ट

टायर बाल्नु, कालो झण्डा देखाउनु राजनीतिक विकल्प हैन : विश्वप्रकाश शर्मा

काठमाडौँ : नेपाली काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली युवाले राजनीतिक संस्कारमा सुधार ल्याउनु पर्ने बताए। शनिबार युथ नेटवर्क दमक र बीपी अध्ययन प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको अन्तरसंवादमा विश्वप्रकाश शर्मा वक्ता रहेका थिए। कार्यक्रममा 'राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व'माथि छलफल भएको हो। 

कार्यक्रममा उनले भने,'नेपाली राजनीतिको स्वरुप परिवर्तन भएको छ तर अझै पनि सुधार गर्नुपर्ने धेरै ठाउँहरु छन्।' उनले राजनीतिक सामाजिक, सांस्कृतिक संस्कार पनि सुधार गर्न सके राजनीतिप्रति युवा आकर्षण बढ्न सक्ने बताए।

युवा नेता शर्माले अबको अवस्थामा सडकमा टायर बाल्नु, कालो झण्डा देखाउनु, नारा जुलुस र बन्द हड्ताल गर्नु राजनीतिक विकल्प नरहेको दाबी गरे। भने,'युवाले राजनीतिक संस्कारको सकारात्मक परिवर्तनलाई जोड दिनु पर्छ।' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell