PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सर्वनाममा फेरि 'जिउँदो आकाश' मञ्चन हुने



पहिलोपोस्ट

सर्वनाममा फेरि 'जिउँदो आकाश' मञ्चन हुने

काठमाडौं : काठमाडौंको सर्वनाम थिएटरमा नाटक 'जिउँदो आकाश' फेरि मञ्चन हुने भएको छ। सर्वनाम थिएटरमा ०७४ को साउन र फागुनमा पहिल्यै मञ्चन भैइसकेको नाटक अन्तर्राष्ट्रिय समलिङ्गी घृणाविरुद्धको दिवस, मे १७ तारिखको अवसरमा फेरि मञ्चन हुने भएको हो।

अनिल सुब्बाले अभिनय गरेको नाटक ३१ वैशाखदेखि २ जेठसम्म ३ दिन सर्वनाममा मञ्चन हुँदैछ। चन्द्रप्रसाद पाण्डेको लेखन र आरके मेहता रोशनको निर्देशनमा बनेको नाटक यसअघि पहिलोपटक दोलखाको चरीकोटमा मञ्चन भएको थियो।

२९ जेठ ०७३ मा दोलखामा मञ्चन भएको नाटकमा निर्देशक रोशनले अभिनय गरेका थिए।त्यसपछि काठमाडौंमा नियमित मञ्चन गर्ने योजना बनाएपछि भने मञ्चमा अनिल सुब्बालाई राख्ने सहमति भएको लेखक पाण्डेले बताए।

भारतको गुआहटी र दिल्लीको राष्ट्रिय नाट्य विद्यालयको अभिमञ्चमा यो नाटक मञ्चन भइसकेको छ।पोखरामा पनि यो नाटक मञ्चन भइसक्यो। केही समयभित्रै झापाको दमकमा नाटक मञ्चन हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell