PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

यस्तो छ 'अमेरिका बोइज'को ट्रेलर



पहिलोपोस्ट

यस्तो छ 'अमेरिका बोइज'को ट्रेलर

काठमाडौं : फिल्म 'अमेरिका बोइज'को ट्रेलर सार्वजनिक भएको छ। आइतवार काठमाडौंमा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

डार्क कमेडी जनरामा बनेको फिल्ममा अर्पण थापा, अभय बराल र आशिष प्रसाईंको मुख्य अभिनय रहेको छ। उनीहरुसँगै सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की, मनिश राउत, रुबी राणा, सुवास गजुरेल, शारदा गिरी लगायतको अभिनय रहेको छ।

प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्मलाई प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेका हुन्। फिल्ममा आलोक शुक्लाको छायाँकन, विवेक पाण्डेको कथा, निमेष श्रेष्ठको सम्पादन, सुनिल क्षत्रीको कोरियोग्राफी र सम्राट बस्नेतको द्वन्द्व रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell