
काठमाडौं : फिल्म ‘ड्रिम गर्ल’ निर्माण टिमले फस्टलुक पोस्टरसँगै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ। असार २९ मा फिल्म प्रदर्शन गर्ने भनिएको टिमले असोज १९ लाई प्रदर्शन टार्गेट तय गरेको हो।
ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म प्रेमकथामा आधारित छ। आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन विक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा,लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतको मुख्य अभिनय रहेको छ।
आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल छन्। काठमाडौं, मुस्ताङ र थाइल्यान्डका विभिन्न स्थानमा फिल्मको छायाँकन भएको छ।
फिल्ममा राहुल राईको छायाँकन, अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ।‘ड्रिम गर्ल’को विदेश प्रदर्शन पनि तय भएको छ। अष्ट्रेलिया, युरोप तथा खाडी मुलुकहरुमा फिल्मको प्रदर्शन तय भएको निर्देशक ऋषिराजले जनाए।