PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

केटीले मन्जुर नगरेपछि रोकियो बालविवाह



पहिलोपोस्ट

महोत्तरीः महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ। जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो।

जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार दुलही रागिनीले नै सो विवाह अस्वीकार गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरीको टोलीले सो विवाह रोकेको हो।

उक्त बालविवाह रोका गरी दुलाहा र दुलहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell