PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

संसद नारायण गोपालको एकल साँझ जस्तो : महेश बस्नेत



पहिलोपोस्ट

संसद नारायण गोपालको एकल साँझ जस्तो : महेश बस्नेत
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधि सभाको बैठक नारायण गोपालको एकल साँझ जस्तो भएको बताएका छन्। संसद शुरु भएदेखि नै आफूले बोल्नका लागि समय मागेको तर आजमात्र समय पाएको उल्लेख गर्दै संसद बस्नेतले आजको संसदमा उक्त भनाइ राखेका हुन्।

'सभामुख महोदय संसद शुरु भएदेखि बोल्न चाहेको थिएँ। बोल्न दिनुभएकोमा धन्यवाद संविधानको धारा १६९ देखि ७२ सम्मको व्याख्यालाई अलि ध्यान दिनुपर्‍यो। नत्र नारायण गोपालको साँझ जस्तो हुन्छ। अरु सांसदले बेलाबेला मात्र बोल्न पाउनेजस्तो,' बस्नेतले भने।

संसदमा उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई नेपालको झन्डाबारे प्रशिक्षण दिनुपर्ने र भारतीय सांसद कीर्ते आजदको विवादस्पद ट्वीटबारे आवाज उठाएका थिए। नेपालको झन्डाको अपमान गरेकोले राउतलाई प्रशिक्षणको आवश्यक पर्ने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell