PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

‘हेटौँडा जर्नालिज्म अवार्ड’ दुवईमा हुने



पहिलोपोस्ट

‘हेटौँडा जर्नालिज्म अवार्ड’ दुवईमा हुने

काठमाडौं : मकवानपुरमा क्रियाशील पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिज्म अवार्ड’ दुवईमा हुने भएको छ। कार्यक्रम निर्देशक मणिराज गौतमले आउँदो असार ८ मा  नौ विधामा अवार्ड वितरण गरिनुका साथै २ पत्रकार र दुई व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिने बताए।

उनका अनुसार मकवानपुरबाट उत्कृष्ट पत्रकार वर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता वर्ष अवार्ड, सञ्चार उद्यमी वर्ष अवार्ड र बजार व्यवस्थापक वर्ष अवार्ड प्रदान गरिनेछ। अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल रहने जनाइएको छ।

न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले कला तथा पत्रकारिताको क्षेत्रमा पत्रकारिता गर्दै आइरहेका पत्रकारलाई 'हेटौंडा जर्नालिजम अवार्ड तथा सम्मान' गर्न लागेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell