PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

'फेशन ट्रेड सिजन टू' आयोजना हुने



पहिलोपोस्ट

'फेशन ट्रेड सिजन टू' आयोजना हुने

काठमाडौं : आउँदो जेठ ११ मा 'फेसियल हाउस फेशन ट्रेड सिजन टू' हुने भएको छ। फेसियल हाउसको आयोजनामा यो सो हुने भएको हो।

फेसियल हाउस संचालिका सुष्मा महराले सोमा समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा स्थापितहरु र्याम्पमा उत्रने बताइन्। कलाकार, गायक गायिकाहरु समलिङ्गी साथै कला क्षेत्रका पत्रकारहरु र्याम्पमा उत्रनेछन्।

सुष्माले 'फेशन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउन लाईनै फेसन भन्ने मान्यतालाई स्थापीत गर्न सवै प्रकारका जिउडाल भएकाहरुलाई मिल्दा फेशन हुनुपर्छ भन्ने हो' भनिन्।

त्यस्तै अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्य, मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच र्याम्पमा उत्रनेछन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell