PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

विनोदविक्रम र मोदनाथलाई ‘इच्छुक स्मृति पुरस्कार– २०७५’



पहिलोपोस्ट

विनोदविक्रम र मोदनाथलाई ‘इच्छुक स्मृति पुरस्कार– २०७५’

काठमाडौं : कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ प्रदान गर्ने भएको छ।  इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको पुरस्कार यो वर्ष कविद्वयलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय निर्णय गरेको हो।

प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ। कवि विनोदविक्रम अन्नपूर्ण ‘सम्पूर्ण’ साप्ताहिकका कार्यकारी सम्पादक हुन्। केसीको यसअघि ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित छ।

अर्का कवि मरहट्टाको ‘पाइलाहरु शिखरतिर उकासिँदै गर्दा’ (२०५५) र ‘उज्यालो जन्मनुअघि’ (२०६२) कविता कृति प्रकाशित छन्। त्यसैगरी कवि शोभा दुलाललाई साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार र फूलमायाँ दर्जी (प्रगति हिङमाङ)लाई कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ दिइने भएको छ। ‘इच्छुक स्मृति पुरस्कार’को राशी रु. एक लाख भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार छ।

आउँदो जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा पुरस्कार वितरण गरिने आयोजक सचिव हिरामणि दुखीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell