PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

पञ्जावमाथि बैंग्लोरको कीर्तिमानी जित, प्लेअफको सम्भावना कायमै



पहिलोपोस्ट

पञ्जावमाथि बैंग्लोरको कीर्तिमानी जित, प्लेअफको सम्भावना कायमै

इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) अन्तर्गत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जावलाई १० विकेटले पराजित गरेको छ। लिग चरणका दुई खेल बाँकी रहँदा बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। उसले १२ खेलबाट १० अंक जोडेको छ।

हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान बनाइसकेको अवस्थामा अब कोलकता, राजस्थान, पञ्जाव, बैंग्लोर, मुम्बईमध्ये दुई टिम प्लेअफमा पुग्नेछन्। बैंग्लोर र मुम्बईको दश÷दश अंक छ भने अन्य तीन टिमको १२ अंक छ। 

पञ्जावमाथिको कीर्तिमानी जितका क्रममा बैंग्लोरका कप्तान विराट कोहली र पार्थिव पटेलले उत्कृष्ट ब्याटिङ गरे। कोहलीले ४८ र पटेलले ४० रन जोडे। पञ्जावले दिएको ८९ रनको लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमा पूरा गर्‍यो। 

पहिले ब्याटिङ गरेको पञ्जावले १५ ओभर १ बलमा अलआउट हुँदै ८८ रन बनाएको थियो। पञ्जावका आठ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पञ्जावको इनिङ कमजोर बनाउने क्रममा बैंग्लोरका उमेश यादवले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell