PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

निखिलको जन्मदिनमा सञ्चिता मौन



पहिलोपोस्ट

निखिलको जन्मदिनमा सञ्चिता मौन

काठमाडौं: आज एक्सन अभिनेता निखिल उप्रेतीको जन्मदिन हो। ४२ औं बसन्त पार गरेका निखिललाई उनका फ्यानहरुले सामाजिक सञ्जालमा शुभकामना दिने क्रम जारी छ। चलचित्रकर्मीहरुले पनि उनलाई फोटोसहित शुभकामना दिइरहेका छन्।

वितरक गोपाल काजी कायस्थ, कलाकार भानु प्रताप, केदार घिमिरे 'माग्ने बुढा', निर्देशक पुर्नेन्दु झा, सम्झाना उप्रेती रौनियार लगायत अन्य चलचित्रकर्मीले उनलाई फेसबुक मार्फत  जन्मदिनको शुभकामना  दिएका छन्।

तर यो समाचार तयार पार्दासम्म फेसबुकमा एक्टिभ रहने उनकी श्रीमती सञ्चिता लुईटेलले भने निखिललाई शुभकामना दिंदै कुनै पोस्ट लेखेकी छैनन्।

वैशाख १८  गते सञ्चिताले आफ्नो जन्मदिन मनाउँदा, त्यहाँ पनि निखिल पारिवारिक फोटोमा अटाएका थिएनन्। निखिल भने आफ्नो निर्देशन र निर्माण रहने फिल्म कमिटमेन्ट​ सिक्स्टी आवर्स​ निर्माणमा व्यस्त छन्। 

त्यस्तै आज नै बलिउड अभिनेत्री माधुरी दीक्षितको पनि जन्मदिन परेको छ। माधुरी आफ्नो नयाँ फिल्म बकेट लिस्टको प्रमोसनमा व्यस्त छिन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell