PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

'यात्रा अ म्युजिकल भ्लग'को छायाँकन प्रारम्भ



पहिलोपोस्ट

 'यात्रा अ म्युजिकल भ्लग'को छायाँकन प्रारम्भ

काठमाडौं:  फिल्म 'यात्रा अ म्युजिकल भ्लग'को छायाँकन प्रारम्भ भएको छ। निर्माण टिमले काठमाडौंको कमलादीमा रहेको गणेस्थानमा पुजा गर्दै छायाँकन प्रारम्भ  गरेको हो।

सम्राट शाक्यको निर्देशनमा बन्ने फिल्ममा सुशील पोखरेल निर्मातामा जोडिएका छन्। फिल्ममा सलिनमान बनियाँ र सलोन बस्नेतको मख्य अभिनय रहनेछ। फिल्ममा सलिन र सलोनसँगै अन्य कलाकारहरु रियर राई, प्रेक्षा बज्राचार्य, मलिका महत, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, योगेशजंग कुँवर लगायतको मुख्य अभिनय रहनेछ।

फिल्ममा छिमेकी राष्ट्र चीनका जुन झ्याङ्ग र केन्याका बोबीले डेब्यु गर्दैछन्। जर्नी लभ स्टोरीमा आधारित फिल्ममा सुशीलसँगै केशव भट्टराई, मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । फिल्ममा संजय लामाको छायाँकन रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell