PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

विश्वकप फुटबल : जर्मनीको प्रारम्भिक टोली घोषणा, अटाएनन् २०१४ को फाइनलमा गोल गर्ने मारियो गोट्ज



पहिलोपोस्ट

विश्वकप फुटबल : जर्मनीको प्रारम्भिक टोली घोषणा, अटाएनन् २०१४ को फाइनलमा गोल गर्ने मारियो गोट्ज

अर्को महिना रसियामा हुने २१औँ संस्करणको विशवकपका लागि साविक विजेता जर्मनीको प्रारम्भिक टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक योकिम लोले मंगलवार २७ खेलाडीलाई पहिलो चरणमा छनोट गरेका छन्।

लो ले घोषणा गरेको टोलीमा सन् २०१४ को फाइनलमा गोल गरेका मारियो गोट्ज अटाएका छैनन् भने सेप्टेम्वरयता घाइते रहेका गोलकिपर मानुएल नोएलाई समावेश गरिएको छ। यस्तै चोटका कारण सँधै ठूला प्रतियोगिता गुमाउँदै आएका मार्को रिउस पनि टोलीमा समावेश छन्।

त्यस्तै प्रशिक्षक लो ले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता सन् २०२२ सम्म नविकरण गरेका छन्।

प्रारम्भिक टोलीबाट ४ खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय अन्तिम टोली घोषणा हुनेछ।


जर्मनीको प्रारम्भिक टोली

गोलकिपर :  बर्न्ड लेनो, मानुएल नोए, मार्क आन्द्रे टेर स्टेघन, केभिन ट्राप

डिफेन्डर : जेरोम बोएटाङ, माथियस जिन्टर, जोनास हेक्टर, जोसुआ किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियओ रुडिगर, निकलस सुले, जोनाथन ताह

मिडफिल्डर/फरवार्ड : जुलियन ब्रान्ड्ट, इकाए गुन्डागोन, सामी खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, मार्को रिउस,, सेबास्टियन रुडी, लरे साने, निल्स पेटरसन, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell