PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सभामुख कप राष्ट्रिय भलिबल : पुलिसको दुवै टिम उपाधि नजिक, आर्मी र प्रदेश ४ बन्यो तेस्रो



पहिलोपोस्ट

सभामुख कप राष्ट्रिय भलिबल : पुलिसको दुवै टिम उपाधि नजिक, आर्मी र प्रदेश ४ बन्यो तेस्रो
फाइल फोटो

काठमाडौं : सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस दोहोरो उपाधि नजिक पुगेको छ। पुलिसको महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन्। विभागी टोलीको वर्चस्व रहेको प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी तथा महिलातर्फ एपीएफ पनि फाइनल प्रवेश गरेका छन्।

अब पुलिसले उपाधिका लागि महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

केही दिनअघि राजधानीमा भएको चौथो केएनपी महिला राष्ट्रिय भलिबलमा पुलिसलाई हराउँदै एपीएफले उपाधि जितेको थियो। पुलिसलाई त्यसको बदला लिने अवसर समेत मिलेको छ।

रोल्पाको लिवाङमा मंगलवार भएको महिलातर्फको सेमिफाईनल खेलमा पुलिसले नेपाल आर्मीलाई २५–२०,२५–१७, २५–१० को सेटमा हरायो। दोश्रो सेमिफाईनलमा एपीएफले प्रदेश ५ लाई २५–६,२५–८, २५–१३ को  सेटमा पराजित गर्‍यो।

पुरुषतर्फको सेमिफाईनलमा आर्मीले प्रदेश ४ लाई २७–२५,२५–२०, २५–२१ तथा पुलिसले एपीएफलाई २५–१६,२५–१६,२४–२६, २५–२१ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

 

आर्मी र प्रदेश ४ तेस्रो

महिलातर्फ आर्मी र पुरुषतर्फ प्रदेश ४ ले तेश्रो स्थान हात पारेका छन्। तेश्रो स्थानका लागि भएको खेलमा महिलातर्फ आर्मीले प्रदेश ५ लाई २५–१९,२५–८, २५–९ को सेटमा हरायो। यस्तै पुरुषतर्फ प्रदेश ४ ले एपीएफलाई २५–२०,२५–१९, २५–१९ को सोझो सेटमा स्तब्ध बनायो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भइरहेको प्रतियोगिताको विजेता दुवै टोलीले समान ३ लाख ५० हजार नगद हात पार्नेछन्। भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।

यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पुरस्कार पाउनेछन्। प्रतियोगिताको अनुमानित खर्च ५५ लाख रहेको राखेपले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell