PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सुर्खेतबाट उडे लगत्तै हराएको मकालु एयरको विमान कहाँ छ? सम्पर्कविहीन जहाजको खोजी हुँदै



पहिलोपोस्ट

सुर्खेतबाट उडे लगत्तै हराएको मकालु एयरको विमान कहाँ छ? सम्पर्कविहीन जहाजको खोजी हुँदै
हराइरहेको नाइन एन एजेयु जहाज पहिले गोमा एयरले चलाउँथ्यो। हाल मकालु एयरको स्वामित्वमा छ। -फाइल फोटो

काठमाडौँः सुर्खेतको वीरेन्द्रनगरबाट जुम्ला उडेको मकालु एयरको कार्गो विमान खोजी जारी रहेको छ। बिहान ६ः४५ मा सिमिकोट पुग्नपर्ने जहाज सम्पर्कविहीन भएपछि खोजी सुरु भएको थियो।  

बिहान ६ः४५ मा सिमिकोट पुग्नपर्ने जहाज सम्पर्कविहीन भएको हो। नेपाली सेना र माउन्टेन हेलिकप्टरका दुई जहाजले अहिले खोजी गरिरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। 

यसअघि विमान भेटिएको खबर आए पनि भनिएको स्थानमा विमान फेला नपरेको ठाकुरले बताए।  

ठाकुरले भने ‘विमान भेटिएको भन्दै हामीलाई पहिले जानकारी आयो। तर, त्यहाँ जहाज रहेनछ। हामीले अहिले पनि खोजिरहेका छौँ।’

 ‘नाइन एन एजेयु’ कलसाइन रहेको जहाज सामान लिएर सुर्खेतबाट जुम्ला प्रस्थान गरेको थियो जसमा चालक दलका दुई सदस्य छन्।

यसअघि उक्त जहाज गोमा एयरले चलाउँदै आएको थियो। पाँच वर्षअघि (मे २७, २०१३) हुम्लाको सिमिकोटमा यही जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका सदस्यसहित ९ जना घाइते भएका थिए।

(*त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले दिएको जानकारीका आधारमा यसअघि विमान फेला परेको समाचार दिएका थियौँ। तर विमानको खोजी यो समाचार तयार पार्दासम्म जारी रहेको जानकारीपछि समाचार अपडेट गरेका छौँ )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell