PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

काठमाडौँमा बुधबार बिहान किन गयो बत्ती? यस्तो छ कारण



पहिलोपोस्ट

काठमाडौँमा बुधबार बिहान किन गयो बत्ती? यस्तो छ कारण

काठमाडौँः  स्युचाटार मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनको जम्पर टुटेपछि मर्स्याङ्दी कोरिडोरबाट काठमाडौँ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द भएको छ। विद्युत प्रवाह बन्द हुँदा काठमाडौँमा केहीबेर आपूर्तिमा अवरोध भएको प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले बताए। 

प्रवक्ता अधिकारीले भने ‘मर्स्याङ्दी कोरिडोरबाट काठमाडौँ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द हुनपुगेको छ र भरतपुरतर्फ मात्र करिब १०० मेगावाट बिद्युत प्रसारण भएकाले मर्स्याङ्दी बिद्युत गृहहरुमा पानी स्पिल भइरहेको छ।’ 

अधिकारीले गृड महाशाखाबाट उक्त जम्पर जडानका लागि प्राविधिक टोली स्युचाटार पठाइसकेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell