PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा १९ जनाको मृत्यु



पहिलोपोस्ट

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा १९ जनाको मृत्यु
Photo: PTI

नयाँ दिल्लीः उत्तर भारतमा निमार्णाधीन आकासे पुल भत्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति भग्नावशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको हो। घटनास्थल उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा रहेको छ।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको हो। घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ।

एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भए पनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकिन भइनसकेको बताए। थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell