PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

एयर युएस बंगला दुर्घटनामा परेका नेपालीलाई राहत खोई? : दिलेन्द्रप्रसाद बडू



पहिलोपोस्ट

एयर युएस बंगला दुर्घटनामा परेका नेपालीलाई राहत खोई? : दिलेन्द्रप्रसाद बडू

काठमाडौं : गत फागुन २८ गते भएको बंगलादेशको एयर युएस बंगलाको विमान दुर्घटनामा परेका नेपालीले राहत नपाएको विषय संसदमा उठेको छ। 

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूलेले संसदमा बोल्दै ‘क्षतिपूर्ति’को माग गरेका हुन्। दुर्घटनामा परेका विदेशी नागरिकका परिवारजनले राहत पाए पनि नेपालीले नपाएको भन्दै उनले तत्काल त्यसका लागि पहल गर्न सरकारसँग माग गरेका हुन्। 

उनले दुर्घटनामा मारिएका विदेशी नागरिकको परिवारले १ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने र नेपालीले २० हजार डलरमात्र पाइरहेको भन्दै सरकारले कानुन नबनाएका कारण त यस्तो भएको हैन भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो। ७१ यात्रुसहित बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान दुर्घटना हुँदा २२ जना नेपालीले ज्यान गुमाएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell