PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

फौजदारी अभियोग लागेका सांसद बचाउन कांग्रेसको अडान : रोकियो प्रतिनिधिसभा नियमावली



पहिलोपोस्ट

फौजदारी अभियोग लागेका सांसद बचाउन कांग्रेसको अडान : रोकियो प्रतिनिधिसभा नियमावली

काठमाडौं : फौजदारी कसुरको विषयलाई लिएर पेचिलो बनेको प्रतिनिधिसभा नियमावली संसदबाट पारित गर्ने प्रकृया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनीका कारण अवरुद्ध भएको छ।

प्रतिनिधिसभा नियमावलीमाथि परेको संशोधनमा मतदान गर्नेगरी आज संसदमा प्रस्तुत हुन लागेको थियो। कांग्रेसको विरोधका कारण नियमावली संसदमा पेश नै भएन। 

आजको कार्यव्यवस्था परामर्शमा प्रतिपक्षले आफ्नो रुप देखाउन नपरोस् भन्दै नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नियमावली संशोधनको विषयमा कडा आपत्ति प्रकट गरेका थिए। ‘एमालेले नियतवस सांसदलाई निलम्बन गर्ने गरी अगाडि बढाएकाले विरोध गरिएको हो,’ विश्वकर्माले भने। 

कार्य व्यवस्था परामर्श समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्नसक्ने बताएकाले नियमावली पेश गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी दिए। 

संसदले आजको कार्यसूचीमा राखेको भए पनि अन्तिममा नियमावली पेश गर्ने सूची हटाएको थियो।

फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने विषयमा एमाले र माओवादी केन्द्रबीच सहमति भएसँगै आज प्रतिनिधिसभा नियमावली पारित प्रक्रिया अघि बढ्ने तयारीमा थियो। 

नियमावली पारित हुने गरी कार्यसूची अगाडि बढाइएको भए पनि अन्तिममा त्यो रोकिन पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell