PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पत्रकार लम्साल र पाण्डेलाई 'चलचित्र पत्रकारिता सम्मान'



पहिलोपोस्ट

पत्रकार लम्साल र पाण्डेलाई 'चलचित्र पत्रकारिता सम्मान'

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा 'चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार' वितरण गर्ने भएको छ। जेठ ७ लाई चलचित्र पत्रकारिता दिवस’का रुपमा मनाउँदै आएको संघले बुधवार विज्ञप्ति जारी गर्दै सम्मानको घोषणा गरेको हो।

यो वर्ष संघले पत्रकार दयाराम पाण्डे र ध्रुव लम्साललाई 'चलचित्र पत्रकारिता सम्मान' गर्ने भएको हो। त्यस्तै लक्ष्मण सुवेदी र सन्ध्या थापालाई 'चलचित्र पत्रकारिता पुरस्कार' र मनिष दाहाल (अन्जान)लाई 'प्रोत्साहन पुरस्कार' प्रदान गर्ने भएको छ।

सुवेदी र थापालाई जनही नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ। फिल्मीखबर डटकममा कार्यरत दाहाललाई १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ। संघका पूर्व अध्यक्ष समेत रहेका पाण्डे हाल रमाइलो टिभीका अध्यक्ष हुन्। नेपाल पत्रकार महासंघका पूर्वसचिव लम्साल हाल राजधानी दैनिकमा कार्यरत छन्। यस्तै सुवेदी नयाँ पत्रिका दैनिक र थापा टिभी फिल्मीमा कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell