PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सन्दीप लामिछानेले विश्व-११ बाट वेष्टइन्डिज विरुद्ध खेल्ने



पहिलोपोस्ट

सन्दीप लामिछानेले विश्व-११ बाट वेष्टइन्डिज विरुद्ध खेल्ने

काठमाडौं : नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले विश्व-११ को प्रतिनिधित्व गर्दै वेष्ट इन्डिज विरुद्ध खेल्ने भएका छन्।

गत वर्ष गएको आँधीका कारण क्यारेवियन क्षेत्रमा रहेको स्टेडियमको पुननिर्माण गर्नको लागि उक्त खेल यही मे ३१ मा लर्ड्समा हुनेछ।

इयान मोर्गनले कप्तानी गर्ने विश्व-११ मा सन्दीपसँगै साहिद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्यालेनघान, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोचीले खेल्नेछन्। यस्तै वेष्टइन्डिजबाट क्रिस गेल, मार्लोन सामुएल्स, एभिल लेविस, आन्द्रे रसेल जस्ता खेलाडी खेल्नेछन्।

आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेसँगै १७ वर्षिय सन्दीप विश्वभर चर्चित बनिसकेका छन्। दिल्ली डेयरडेभिल्सबाट खेल्दै आइपीएलमा डेब्यु गरेका सन्दीपले पहिलो खेलमा बैंगलोरका पार्थिव पटेलको विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell