PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

ए डिभिजन लिग असोज १३ बाट, १४ क्लबले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

ए डिभिजन लिग असोज १३ बाट, १४ क्लबले प्रतिस्पर्धा गर्ने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ नेतृत्व पाउनेबित्तिकै अध्यक्ष कर्मा छिरिङ शेर्पाले चाँडै ए डिभिजन लिगको मिति तोक्ने प्रतिक्रिया दिएका थिए। त्यसका लागि नेपाल प्रहरीका पूर्व एआईजिपी विज्ञान राज शर्माको संयोजकत्वमा लिग फुटबल कमिटी निर्माण गरेको थियो।

उक्त कमिटीले ए डिभिजनमा रहेका क्लबहरुसँग विभिन्न चरणमा छलफल गर्दै अन्तत: शहिद स्मारक ए डिभिजन लिग फुटबलको मिति तोकेको छ।

एन्फ अन्तर्गत रहेको उक्त किमटीले २०७५ साल असोज १३ देखि लिग गर्ने निर्णय गरेको हो। हाल ए डिभिजनमा रहेका १४ वटै क्लबले भाग लिने उक्त लिग माघ १६ सम्म सञ्चालन हुने एन्फाले जनाएको छ।

यस्तै लिग कमिटीले प्रत्येक क्लबलाई बढीमा ३५ र घटीमा १८ खेलाडी दर्ता गर्न दिने निर्णय समेत गरेको छ। यस्तै क्लबले ४ विदेशी खेलाडी समेत दर्ता गर्न पाउनेछन् र एक पटकमा ३ खेलाडी खेलाउन पाउनेछन्।

नेपालमा ए डिभिजन लिग हुन नसकेको झण्डै ४ वर्ष भइसकेको छ। पछिल्लो पटक २०७१/७२ मा राष्ट्रिय लिग भएको थियो। त्यसपछि एन्फाले लिग गर्न सकेको थिएन्।

ए डिभिजन लिग खेल्ने क्लबहरु:
थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, जावालखेल युथ क्बल, फ्रेण्ड्स क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, एनआरटी, हिमालयन शेर्पा क्लब, व्रिगेड ब्वाइज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell